पोखरामा असिना पानी पर्दा दिउँसै अँध्यारो, काठमाडौंमा तुवाँलो मात्र

पोखरामा आज कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ। दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भए पछि पोखरा सहरसहित आसपास क्षेत्रमा अँध्यारो छाएको हाे।

नेपालभ्युज

पोखरामा असिना पानी पर्दा दिउँसै अँध्यारो, काठमाडौंमा तुवाँलो मात्र

काठमाडौं। पोखरामा आज कालो बादलसहित पानी पर्दा दिउँसै अँध्यारो भएको छ। दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भए पछि पोखरा सहरसहित आसपास क्षेत्रमा अँध्यारो छाएको हाे।

बिहीबार पनि हिउँदे वर्षा भएको थियो। त्यसपछि आइतबार असिनासहित ठूलो वर्षा भएको हो।

असिना पानीले कुनै क्षेत्रमा लगाइएका बालीलाई नोक्सान पुर्‍याए पनि लामो समयपछि परेको पानीले समग्र हिउँदे बाली, फलफूललगायत बालीलाई राम्रो हुने उनको भनाइ छ।

यता काठमाडौंसहित केही जिल्लामा घाम नलागे पनि पानी परेको छैन। बिहानैदेखि तुवाँलोले आकाश ढाकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved