लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर छौं : अर्थमन्त्री पौडेल

नेपालभ्युज

लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर छौं : अर्थमन्त्री पौडेल

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकपश्चात् संसद भवन बाहिर सञ्चारकर्मीहरूलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।

उनले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भीर रूपमा सरोकारवालाहरूसँग छलफल भइरहेको बताए। उनले विभिन्न चरणमा बैठक बसेर केही महत्त्वपूर्ण निर्णयहरूसमेत भइसकेको बताए।

अर्थमन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरू प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायहरूले काम थालनी गरेको बताए। उनले चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved