काठमाडौं। पछिल्लो केही दिनयता लगातार घटेको सेयर बजार बुधबार ३३.५७ अंकले बढेको छ । बुधबार बजार परिसूचक नेप्से ३३.५७ अंकले वृद्धि हुँदा २०८०.३८ अंकमा बन्द भएको छ ।
बुधबार सबै उपसूचक वृद्धि हुँदा पनि लघुवित्त उपसूचकमा भने गिरावट आएको छ । लघुवित्त उपसूचक १.४ प्रतिशतले घटेको हो ।
बुधबार नेप्सेमा वृद्धि भए पनि कारोबार रकम भने १ अर्ब ८० करोडमा सीमित भएको छ । नेप्सेमा बुधबार २१७ कम्पनीको सेयर कारोबार भएकोमा १६५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै, ४९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।
यता आदर्श लघुवित्तको सेयरमूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको सेयरमूल्य ७.८५ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य ६.९९ प्रतिशतले गिरावट भएको छ ।
Facebook Comment
Comment