बाजुरामा गयो ५.२ म्याग्निच्युटको भूकम्प : केन्द्रबिन्दु माघ १० गते गएको स्थान नजिकै

नेपालभ्युज

बाजुरामा गयो ५.२ म्याग्निच्युटको भूकम्प : केन्द्रबिन्दु माघ १० गते गएको स्थान नजिकै

काठमाडौं। बाजुरा केन्द्र बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा महसुस गरिएको छ ।

बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या र मदनाको बिच भागमा केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिबारे अहिलेसम्म जानकारी आएको छैन । आजको केन्द्रबिन्दु नजिकै यसअघि माघ १० गते ५.९ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा थुप्रै घर भत्किनुका साथै केही घाइते भएका थिए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved