टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प

टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प गएको छ। सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६ दशमलव ४ र ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो।

नेपालभ्युज

टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प

काठमाडौं। टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प गएको छ। सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६ दशमलव ४ र ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो।

टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सीले स्थानीय समय अनुसार साँझ ८.४ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको र त्यसको तीन मिनेटपछि ५.८ म्याग्निच्युडको भूकम्प आएको बताएको छ।

टर्कीमा दुईवटा नयाँ भूकम्पमा कम्तीमा तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ। उद्धारकर्ताहरूले भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन्।
भूकम्प सिरियासँगको सीमा नजिकैको दक्षिण–पूर्वमा गएको थियो।

जहाँ ६ फेब्रुवरीमा ठूलो भूकम्पले दुवै देशलाई ध्वस्त बनाएको थियो।
यसअघिका भूकम्पले टर्की र सिरियामा ४४ हजार मानिसको ज्यान लिएको थियो भने हजारौँ घरबारविहीन भएका थिए। ती भूकम्पका कारण कमजोर भएका भवनहरू सोमबार दुवै देशमा ध्वस्त भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved