वैदेशिक खेलमा सहभागी हुन सर्वोच्चमा सन्दीपको पुनरावेदन

पेसी फागुन १२ मा

नेपालभ्युज

वैदेशिक खेलमा सहभागी हुन सर्वोच्चमा सन्दीपको पुनरावेदन

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले सर्वोच्च अदालतमा गरेको पुनरावेदनको पेसी १२ गते हुने भएको छ। पाटन उच्च अदालतले विदेश जान रोक लगाएको फैसलाले वैदेशिक खेल गुमाउने भएसँगै सन्दीपले पुनरावेदन गरेका हुन्।

काठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कारको आरोपमा सन्दीपलाई जेलमा राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो। सोही निर्णयविरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए।

उच्च अदालतले भने सन्दीपलाई २० लाख घरौटीमा विभिन्न सर्तहरूमा रिहा गर्दै मुद्दा अगाडि बढाउन आदेश दिएको थियो। सोही निर्णयअनुरूप सन्दीपलाई विदेश जान भने रोक लगाइएको थियो।

सन्दीपले एक साता अगाडि सर्वोच्चमा पुनरावेदन गरेका थिए। यता, उच्च अदालतको फैसलाविरुद्ध भने सरकारी वकिलको कार्यालयले सन्दीपलाई जेलमै राखेर मुद्दा अगाडि बढाउनु माग गर्दै सर्वाच्चमा पुनरावेदन गरेको थियो।

यसअनुरूप सर्वोच्चले उच्च अदालतलाई फैसलाको मिसिल उपलब्ध गराउन निर्देशन दिएको थियो। लिग–२ को लागि फागुन १३ गते यूएई जाने नेपाली टोलीमा सन्दीपलाई समावेश गर्नको लागि सर्वोच्चले विदेश जानमाथि लगाएको रोकलाई फुकुवा गर्नुपर्ने हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved