एलन मस्कले कम्पनी किनेपछि ट्वीटरले बन्द गर्‍याे भारतको दुई कार्यालय

ट्वीटरले भारतका प्रमुख शहरमा रहेका तीन मध्ये दुईवटा कार्यालय बन्द गरेको छ। राजधानी नयाँदिल्ली र व्यापारिक शहर मुम्बईमा रहेका कार्यालय ट्वीटरले बन्द गरेको हो।

नेपालभ्युज

एलन मस्कले कम्पनी किनेपछि ट्वीटरले बन्द गर्‍याे भारतको दुई कार्यालय

काठमाडौं। ट्वीटरले भारतका प्रमुख शहरमा रहेका तीन मध्ये दुईवटा कार्यालय बन्द गरेको छ। राजधानी नयाँदिल्ली र व्यापारिक शहर मुम्बईमा रहेका कार्यालय ट्वीटरले बन्द गरेको हो।

एलन मस्कले कम्पनी किनेपछि भारतमा रहेका ट्वीटरका करिब २ सय जना कर्मचारीलाई गत नोभेम्बरमै निकालेका थिए। ट्वीटरको कारोबारको वित्तीय स्वास्थ्य सुधारका लागि भन्दै मस्कले संसारका विभिन्न मुलुकमा रहेका आफ्ना कार्यालयका थुप्रै कर्मचारीलाई कामबाट बिदा दिइसकेका छन्।

भारतका लागि बेंगलुरमा एउटा कार्यालय मात्रै छ। जुन अमेरिकी मुख्यालय मातहत रहनेछ। ट्वीटरको इन्डियन टिममा अब तीन जना मात्रै कर्मचारी रहने भएका छन्।

ट्वीटरको भारतीय कार्यालयमा रहेका तीनजना कर्मचारीमध्ये एकजना ‘कन्ट्री लिडर’ छन्। बाँकी दुईमध्ये एकलाई उत्तर–पूर्वी भारत र अर्कालाई दक्षिण–पश्चिम क्षेत्रको जिम्मेवारी दिइएको छ। बेंगलुरु कार्यालयका कर्मचारीले सोझै अमेरिकामा ’रिपोर्ट’ गर्नेछन्, उनीहरु ट्वीटरको टिम इन्डिया अन्तर्गत छैनन्।

चालु आर्थिक वर्ष २०२३ को अन्त्यसम्म मस्क ट्वीटरलाई आर्थिक रूपमा बलियो बनाउन चाहन्छन्। आम्दानी बढाउन उनले ‘सब्सक्रिप्सन’ प्रणालीमा परिवर्तन गरिरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved