काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले आज पनि इजलास बहिस्कार गर्ने भएका छन्।
प्रधानन्यायाधीश राणाले ‘बन्दीप्रत्यक्षीकरण’ बाहेकको मुद्दाको पनि पेशी तोकेपछि न्यायाधीशहरूले इजलास बहिष्कार गरेका हुन्। हिजो (१५ कात्तिक) मा प्रधानन्यायाधीशले बन्दीप्रत्यक्षीकरणको मात्रै पेशी तोकेका थिए। र सबै न्यायाधीश तोकिएको इजलासमा बसेका थिए।
आज ६ वटा इजलास तोकिएकोमा एउटाबाहेक अन्यमा बन्दीप्रत्यक्षीकरणको मुद्दा छ।
न्यायाधीशद्वय मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासमा भने चार ओटा बैंकिङ कसुरका मुद्दाका पेशी तोकिएको छ। ती मुद्दा नहेर्ने निर्णय न्यायाधीशहरूले गरेका हुन्।
बन्दीप्रत्यक्षीकरणको मुद्दामा इजलास बस्छ, बस्दैन भन्नेमा टुंगो लागिसकेको छैन। न्यायाधीशहरू प्रधानन्यायाधीशले राखेको ‘सम्मानजनक बहिर्गमन’को प्रस्तावबारे छलफलमा छन्।
Facebook Comment
Comment