नेपाली २० रुपैयाँको नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का

नेपालभ्युज

नेपाली २० रुपैयाँको नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का

काठमाडौं। चिनियाँ कम्पनीले नेपाली २० रुपैयाँको नयाँ नोट छाप्ने ठेक्का पाएको छ । उसले ३१ करोड वटा संख्यामा नेपाली नोट छाप्ने भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चिनियाँ कम्पनी एम-एस चाइना ब्यांकनोट प्रिन्टिङ एन्ड माइन्टिङ कर्पोरेसनले २० रुपैयाँ दरका ३१ करोड वटा नोट छाप्ने ठेक्का पाएको हो।

चिनियाँ कम्पनीले ती नोट छाप्न ४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलरमा बोलपत्र हालेको थियो। उक्त बोलपत्र नै कम मूल्यको भएकोले राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई नोट छाप्ने ठेक्का दिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved