सरकारले चालु आर्थिक वर्षको बजेट १४ प्रतिशतले घटायो

नेपालभ्युज

सरकारले चालु आर्थिक वर्षको बजेट १४ प्रतिशतले घटायो

काठमाडौं। सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट घटाएको जानकारी दिएका हुन् ।

गत १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पेसको गरेको बजेटको आकारलाई घटाएका हुन् । तत्कालीन अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । सोही बजेटको आकारलाई १४ प्रतिशतले घटाउँदै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका हुन् ।

अर्थमन्त्री पौडेलले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोड, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोडबाट ३ खर्ब १३ अर्ब ८५ करोड, वित्तीय व्यवस्थामा २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँबाट २ खर्ब १४ करोडमा झारे ।

१४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा अर्थमन्त्री पौडेलले घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड संकलन हुने अनुमान प्रतिनिधिसभामा पेस गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved