‘संकटा वाइन एन्ड बेवरेज’को ट्रेड पार्टनर मिट कार्यक्रम सम्पन्न

‘संकटा वाइन एन्ड बेवरेज’को ट्रेड पार्टनर मिट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल कार्कीले वाइन बन्ने प्रक्रिया, क्यानभासको व्राण्डिङ र कम्पनीको स्लोगन ‘पेन्ट योर रोमान्स’ बारेमा जानकारी दिए।

नेपालभ्युज

‘संकटा वाइन एन्ड बेवरेज’को ट्रेड पार्टनर मिट कार्यक्रम सम्पन्न

काठमाडौं। ‘संकटा वाइन एन्ड बेवरेज’को ट्रेड पार्टनर मिट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल कार्कीले वाइन बन्ने प्रक्रिया, क्यानभासको व्राण्डिङ र कम्पनीको स्लोगन ‘पेन्ट योर रोमान्स’ बारेमा जानकारी दिए।

‘संसार भरी अङ्गुरबाट बनेको अल्कोहोविक बेभरेजलाई मात्र वाइन भन्ने मान्यता रहिआएको छ। क्यानभास वाइन नितान्त अङ्गुरबाट बन्ने गरेको छ,’ उनले भने।

क्यानभास वाइन नेपालमै बनेको भए पनि विदेशी वाइनकै गुणस्तरको रहेको र विदेश निर्यात योग्य भएको कार्कीको दाबी छ। कम्पनीका बिक्री तथा मार्केटिङ प्रमुख आंशिक अधिकारीले कम्पनीले निकट भविष्यमा नै स्वदेशी वाइनलाई विदेश निर्यात गर्नेतर्फ अग्रसर भइरहेको बताए।

क्यानभासले नेपालको वाइन उद्योगमध्ये ३० प्रतिशत हिस्सा ओगटेको अधिकारीको दाबी गरेको छ। सरकारीले बर्सेनि मदिराजन्य पदार्थमा उच्च कर लगाएकाले मदिरा व्यवसाय संकटमा पर्दै आइरहेकाले बताए मदिरा व्यवसायी महासघंका अध्यक्ष सोनाम शेर्पाले बताए।

सन् २०१६ मा स्थापना भएको ‘संकटा वाइन एन्ड बेवरेज’ हाल स्वदेशी प्रिमियम सेग्मेन्टमा बजारको अधिकतम् हिस्सा ओगटेको छ। कम्पनीको फ्याक्ट्री काभ्रेको नालामा अवस्थित छ। जसमा प्रत्यक्ष रूपमा डेढ सयभन्दा धेरैले रोजगारी पाइरहेका छन्।

कम्पनीले ४३ करोड रुपैयाँको लगानीमा गरेको कार्कीले जानकारी दिए। वाइनको स्वाद र गुणस्तरका कारण क्यानभासको दिन प्रतिदिन लोकप्रियता बढी रहेको दाबी गरे।

कम्पनीले नेपाल भर ७५ वटा वितरक सञ्जाल बनाइसकेको छ। थप वितरकहरू बढाउने क्रममा छ। कम्पनीको उत्पादन क्षमता दैनिक १० हजार लिटर वाइन रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved