दक्षिण अफ्रिकाका चर्चित र्‍यापर किर्नान जारेड फोर्ब्सको गोली हानी हत्या

नेपालभ्युज

दक्षिण अफ्रिकाका चर्चित र्‍यापर किर्नान जारेड फोर्ब्सको गोली हानी हत्या

काठमाडौं। दक्षिण अफ्रिकाका चर्चित र्‍याप  गायक किर्नान जारेड फोर्ब्सको डरबनस्थित एक रेस्टुरेन्टनजिकै गोली हानी हत्या गरिएको छ । एकेए भनेर चिनिने यी र्‍यापर ३५ वर्षका मात्रै थिए ।

उनीसँगै उनका नजिकका साथी तथा व्यावसायिक सेफ तथा व्यापारी टेबेलो ‘टिब्ज’ मोटसोनको पनि हत्या भएको छ । उनीहरू एक नाइट क्लबको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा गोली हानिएको अनुमान गरिएको छ ।

यद्यपि, हत्याको कारण भने खुल्न सकेको छैन । हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता कर्नेल रोबर्ट न्त्सिउन्डाले बीबीसीसँगको कुराकानीमा र्‍यापर एकेए र उनका साथी आफ्नो कारमा जाँदै गर्दा दुई हतियारधारीले उनीहरूलाई नजिकैबाट गोली हानेको जानकारी दिए । यसपछि आक्रमणकारीहरू पैदल नै घटनास्थलबाट फरार भए ।

प्रहरीका अनुसार यो हत्या ‘हिट एन्ड रन’ पनि हुनसक्ने सम्भावना रहेको बताएका छन् । दैनिक हुने हत्याको हिसाबले दक्षिण अफ्रिका विश्वका अग्रणी देशहरूमा पर्छ । गोली काण्डका घटनाहरू त्यहाँ असामान्य होइनन् ।

‘गन फ्री साउथ अफ्रिका’ नामक संस्थाले यस देशमा हरेक दिन ३० जनाको गोली हानी हत्या हुने गरेको अनुमान गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved