आन्दोलन फिर्ता लिएर काममा फर्कन स्वास्थ्य मन्त्रालयको आग्रह

शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा डाक्टरमाथि कुटपिट भएको घटनाको विरोधमा नेपाल चिकित्सक संघको आग्रहमा आज आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द छन् ।

नेपालभ्युज

आन्दोलन फिर्ता लिएर काममा फर्कन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनका कार्यक्रम फिर्ता लिएर बिरामीको उपचारमा जुट्न नेपाल चिकित्सक सङ्घलाई आग्रह गरेको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर स्वास्थ्य जस्तो संवेदनशील विषयमा आन्दोलन गरेर उपचार सेवा प्रभावित नगर्न र स्वास्थ्य उपचारको नियमित काममा जुट्न आग्रह गरेको हो ।

शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा डाक्टरमाथि कुटपिट भएको घटनाको विरोधमा नेपाल चिकित्सक संघको आग्रहमा आज आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द छन् ।

यस घटनामा दु:ख व्यक्त गर्दै मन्त्रालयले घटनाको छानबिन सुरु भइसकेकाले संवादमार्फत् विवाद समाधान गर्न सकिने भन्दै बिरामीको उपचारमा फर्किन अनुरोध गरेको हो ।

घटनाको विषयमा थप छलफल गरी समस्या समाधानका लागि वार्ता समिति गठन गर्ने र नेपाल चिकित्सक सङ्घले उठाएका विषयलाई संवादमार्फत् समाधान गर्ने प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प हुँदा बिरामी भने मर्कामा परेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved