एजेन्सी। इन्डोनेसियाको पपुवा क्षेत्रमा पृथकतावादी लडाकुहरूले न्युजिल्यान्डका एक पाइलटलाई अपहरण गरेका छन् । उनले पाइलटलाई मार्ने धम्की दिएका छन् । विमानमा आगो लागेपछि नुडगाको पहाडी क्षेत्रमा अवतरण गर्न बाध्य हुँदा पाइलट फिलिप मर्टेन्सलाई अपहरण गरिएको थियो ।
विमानमा एक बालकसहित पाँच जना यात्रु पनि थिए । यात्रुलाई रिहा गरेको अनुमान गरिएको छ । पृथकतावादीहरूले इन्डोनेसियाले पश्चिम पपुवा प्रान्तलाई स्वतन्त्र घोषणा गर्न माग गरेका छन् ।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । तर, यसमा निकै मुस्किल छ किनभने इलाकामा विमानमार्फत मात्रै पुग्न सकिन्छ ।
पश्चिमी पपुवामा सक्रिय नेसनल लिबरेसन आर्मीले अपहरणको जिम्मेवारी लिएको छ । इन्डोनेसियाली सरकारले यसलाई आतङ्कवादी समूह मानेको छ ।
नेसनल लिबरेसन आर्मीका प्रवक्ता सेबी साम्बोमले इन्डोनेसियाले ‘अडिग अडान लिए’ र पश्चिम पपुवाको स्वतन्त्रताको लागि वार्ता गर्न असफल भएमा पाइलटको हत्या गरिने धम्की दिएका छन् ।
Facebook Comment
Comment