देउवाले प्रमुख प्रतिपक्षी नेताको सुविधा पाउने कि नपाउने ? आज हुँदैछ सुनुवाई

नेपालभ्युज

देउवाले प्रमुख प्रतिपक्षी नेताको सुविधा पाउने कि नपाउने ? आज हुँदैछ सुनुवाई

काठमाडौं। नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्ष र संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतमा परेको रिटमाथि आज विहीबार सुनुवाई हुन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विस्वासको मत दिएकाले कांग्रेसलाई प्रतिपक्षी दल र देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै अधिवक्ता विमलप्रसाद पोखरेलले रिट निवेदन दिएका थिए ।

यसअघि सर्वोच्च अदालतक रजिस्ट्रारले निवेदन दरपिठ गरेपनि न्यायाधी सपना मल्ल प्रधानको आदेशमा रिट दर्ता भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved