टर्की भूकम्पमा ज्यान गुमाउने ८ हजार नाघे, बन्दरगाहमा आगलागी हुँदा अर्को विपद्

टर्कीको मूख्य बन्दरगाहमा भइरहेको भीषण आगलागीले अर्को समस्या निम्ताएको छ । बन्दरगाहमा लागेको आगोले सयौँ कन्टेनर जलेका छन् ।  धुवाँको कालो मुस्लोले इस्तानबुलमाथिको आकास ढाकेको छ ।

नेपालभ्युज

टर्की भूकम्पमा ज्यान गुमाउने ८ हजार नाघे, बन्दरगाहमा आगलागी हुँदा अर्को विपद्

एजेन्सी। टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ८ हजार जना नाघेको छ । अहिलेसम्म टर्कीमा ६ हजार एक सय  र टर्कीमा एक हजार ९ सय जनाको ज्यान गएको सीएनएनले जनाएको छ । दुवै देशमा गरेर २५ हजार जना भन्दा धेरै घाइते भएका छन् ।

टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरेको र तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा रहेका बीबीसीले जनाएको छ ।

दुवै देशमा गरेर हजारौँ साना घर र ७ हजार वटा ठूला भवन भत्किएका खबरमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेको बताएको छ ।

टर्कीमा उद्दार र राहतको लागि संसारभरका कयौँ देशले सामग्रीसहित जनशक्ति पठाएका छन् । हराइरहेका मान्छे खोज्ने कुकुर र अत्याधुनिक उपकरणसहितका विमान टर्कीमा अवतरण गरिरहेका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिएका छन् ।

अत्याधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्दार र राहतमा कठिनाइ भइरहेको खबरमा उल्लेख छ । धेरै पीडितहरू युद्धग्रस्त उत्तरी सिरियामा छन् । जहाँ प्रतिबन्धहरुका कारण सहयोगीहरु पुग्न सकिरहेका छैनन् ।

टर्की र सिरियाको सिमानामा सोमवार विहान ७ दशमलव ८ र दिउँसो ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसैबीच, टर्कीको मूख्य बन्दरगाहमा भइरहेको भीषण आगलागीले अर्को समस्या निम्ताएको छ । बन्दरगाहमा लागेको आगोले सयौँ कन्टेनर जलेका छन् ।  धुवाँको कालो मुस्लोले इस्तानबुलमाथिको आकास ढाकेको छ ।

आगो निभाउन दर्जनौँ हेलिकप्टर र जहाजको पनि प्रयोग भइरहेको गरिएका छन् । राष्ट्रपतिले यो भीषण आगलागीलाई विपद् माथिको विपद् भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved