संयुक्त राष्ट्रसंघका महासचिवको चेतावनी- विश्व युद्धतर्फ अघि बढिरहेको छ

उनले युक्रेन युद्धका कारण चौतर्फी असर देखिएको र जलवायु प्रकोप, बढ्दो आणविक खतराका कारण विश्वमा जटिल राजनीतिक र आणविक प्रतिस्पर्धा देखिएको टिप्पणी गरेका छन् ।

नेपालभ्युज

संयुक्त राष्ट्रसंघका महासचिवको चेतावनी- विश्व युद्धतर्फ अघि बढिरहेको छ

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन युद्धको बढ्दो सम्भावनाको कारण विश्व ‘बृहत्तर युद्ध’ तर्फ गइरहेको डर देखिएको बताएका छन् । युक्रेनमा रूसी आक्रमणले युक्रेनी जनतालाई अव्यक्त पीडा दिइरहेको छ जसको असर विश्वव्यापीरूपमा देखिएको छ, उनले भने ।

महासचिवले विश्व जटिल युद्धतिर अगाडि बढिरहेको र त्यसलाइ रोक्न संयुक्त राष्ट्रसंघको बडापत्रका आधारभूत मूल्य र मान्यतालाई आत्मासात गर्न आग्रह गरेका छन् । पूर्वी युक्रेनका शहरहरू नियन्त्रणका लागि युक्रेनी र रुसी सेनाबीच भीषण लडाइँ चलेको पनि झण्डै एक वर्ष भइसक्यो हालैका हप्ताहरूमा यो युद्ध थप जटिल र तीव्र बन्दै गएको छ।

उनले युक्रेन युद्धका कारण चौतर्फी असर देखिएको र जलवायु प्रकोप, बढ्दो आणविक खतराका कारण विश्वमा जटिल राजनीतिक र आणविक प्रतिस्पर्धा देखिएको टिप्पणी गरेका छन् ।

उनले मानव अधिकारको विश्वव्यापी घोषणा  भएको यस वर्षको ७५ औँ वर्षपुगेको छ र यसले सबै जनताको अपरिहार्य अधिकारको जग ‘स्वतन्त्रता, न्याय र शान्ति हो’ भन्ने मानककारूपमा काम गर्नुपर्ने बताएको एबीसी न्युजले उल्लेख गरेको छ।

विश्वले शान्तिका लागि कडा मेहनत गर्नुपर्छ- गुटेर्रेसले युक्रेनमा मात्र नभई दशकौं पुरानो इजरायल-प्यालेस्टाइन द्वन्द्व ‘जहाँ दुई-राज्य समाधान दिन प्रतिदिन झन् टाढा हुँदै गइरहेको छ,’ भन्दै विश्व राजनीतिको समीक्षा गर्नु भएको छ । यसैगरी उनले अफगानिस्तान, म्यान्मा, हाइटी लगायतका देशमा जारी राजनीतिक सङ्कटतर्फ पनि विश्व समुदायको ध्यान केन्द्रित गरेका छन् ।

महासचिवले सबै देशहरूले विवादको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्दै द्वन्द्व रोकथाम र मेलमिलापमा ध्यान केन्द्रित गर्ने राष्ट्रसंघको बडापत्रमा पुन: प्रतिबद्ध हुने समय आएको स्मरण गराएका छन् । एएनआई 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved