कलाकार पौडेलको ९२ वर्षको उमेरमा निधन

नेपालभ्युज

कलाकार पौडेलको ९२ वर्षको उमेरमा निधन

काठमाडौं। नेपाली चलचित्रका कलाकार पदमप्रसाद पौडेलको मंगलबार निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार पौडेलको ९२ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै घरमा अपराह्न  साढे तीन बजे निधन भएको हो ।

मंगलबार साँझ पशुपति आर्यघाटमा कलाकार संघको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएपछि उनको दाहसंस्कार गरिएको छ । अन्तिम संस्कारमा सहभागी हुन कलाकारहरू आर्यघाट पुगेका थिए ।

पौडेल अभिनीत पछिल्लो फिल्म ‘ऐना झ्यालको पुतली’ हो । जुन चलचित्र नेपालबाट ओस्कार अवार्डमा सिफारिस भएको थियो । यसैगरी, चलचित्र ‘नालापानी’मा पौडेलले राजगुरुको भूमिकामा अभिनय गरेका थिए ।

रिसानी माफ, उपद्रो, आधा बाटोसहित पाँच दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका पौडेल चलचित्र कलाकार संघका आजीवन सदस्य थिए । टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनमा समेत उनको अभिनय देख्न पाइन्छ ।

पौडेलका श्रीमती, पाँच छोरा र दुई छोरी र १४ जना नातिनातिनी छन् । उनले संखुवासभाबाट रासस प्रतिनिधिका रूपमा केही समय काम गरेका थिए । २०३८ सालबाट पत्रकारिता गरेका उनले त्यही समयमा अभिनय शुरु गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved