भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या ५ सय नाघ्यो, ३ हजार घाइते

अहिले उद्दार र राहतको काम चलिरहेको छ । भूकम्बाट भत्किएका घरमा अझै थुप्रै मानिस पुरिएको अनुमान गरिएको छ । त्यसैले मृतक र घाइतेको संख्या बढ्न सक्नेछ ।

नेपालभ्युज

भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या ५ सय नाघ्यो, ३ हजार घाइते

काठमाडौं । टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण झण्डै पाँच सय भन्दा धेरैको मृत्यु भएको छ । भूकम्पका कारण टर्की र सिरियामा ठुलो क्षति भएको हो ।

सिरियासँगको सिमा क्षेत्रमा केन्द्र बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको टर्कीको सरकारले जनाएको छ । भूकम्पबाट टर्कीमा २८४ र सिरियामा २ सय ३७ जनाको मृत्यु भएको छ ।

टर्कीको इतिहासमै ठुलो मध्येको मानिएको यो भूकम्पबाट हजारौं घाइते भएका छन् । टर्कीमा २ हजार ३२३ जना घाइते भएको त्यहाँका उपराष्ट्रपति फुआत ओक्तेले बताएका छन् । यस्तै सिरयामा ६ सय भन्दा धेरै घाइते भएका छन् ।

भूकम्पको धक्का टर्कीको राजधानी अंकारा र अन्य सहरसँगै छिमेकी देशमा पनि महसुस गरिएको थियो। सिरियाली स्वास्थ्य मन्त्रालयले सरकार नियन्त्रित एलेप्पो, लाटाकिया, हामा र टार्टस प्रान्तमा धेरै क्षति पुगेको जनाएको छ ।

अहिले उद्दार र राहतको काम चलिरहेको छ । भूकम्बाट भत्किएका घरमा अझै थुप्रै मानिस पुरिएको अनुमान गरिएको छ । त्यसैले मृतक र घाइतेको संख्या बढ्न सक्नेछ ।

ठूलो भूकम्पपछि ४० भन्दा धेरै परकम्प गएका छन् । इटालीसम्म सुनामीको चेतावनी जारी गरिएको छ । इजरेल, अमेरिका लगायतका देशले उद्दार र राहतमा सहयोग गर्न प्रस्ताव गरेका छन् ।

युनिभर्सिटी कलेज लन्डनका भूकम्पविद् स्टीफन हिक्सका अनुसार टर्कीमा यसअघिको सबैभन्दा ठूलो भूकम्प पनि ७ दशमलव ८ म्याग्निच्युडकै थियो । डिसेम्बर १९३९ मा उत्तरपूर्वी टर्कीमा गएको उक्त भूकम्पबाट ३० हजार मानिसको ज्यान गएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved