कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

नेपालभ्युज

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौं। नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्न लागेको हो।

राष्ट्रियसभा उपाध्यक्ष र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बस्न लागेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।

आजको बैठकमा राष्ट्रपति निर्वाचनको विषयमा पनि छलफल हुने बताइएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेसँगै कांग्रेसले छलफललाई तीव्रता दिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति पद पाउनपर्ने बताउँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved