काठमाडौं। ‘एसीसी प्रिमियर कप’ एकदिवसीय क्रिकेट प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ ।
पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले प्रिमियर कप आयोजना गर्ने निर्णय गरेको हो । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले अप्रिलमा प्रतियोगिता नेपालमा आयोजना गर्न गरेको प्रस्तावलाई बोर्ड बैठकले पारित गरेको हो।
पहिलोपटक आयोजना हुन लागेको एसीसी प्रिमियर कप, ‘एसिया कप’ तथा ‘इमर्जिङ टिम्स एसिया कप’ को छनोट खेल हो । प्रतियोगितामा पहिलो हुने टोलीले एसीयाका टेस्ट टिमहरू सम्मिलित एसिया कप खेल्न पाउनेछ ।
शीर्ष ३ मा रहन सफल टोली भने ‘इमर्जिङ टिम्स एसिया कप’ को लागि छनोट हुनेछ । प्रिमियर कपमा युएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया, नेपाल र छनोटबाट आउने दुई टोलीको सहभागिता रहनेछ ।
एसिया कप आगामी सेप्टेम्बरमा नेपालमा आयोजना हुनेछ ।
Facebook Comment
Comment