काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले तोकेको पोल भाडाले मार परेको भन्दै केबल टेलिभिजन व्यवसायीले आन्दोलन थालेका छन्।
पोल भाडा घटाउन माग गर्दै केबल टिभी व्यवसाय नै बन्द हुन जाने अवस्था आएका भन्दै केबल टेलिभिजन व्यवसायीको छाता सङ्गठन केबल टेलिभिजन व्यवसायी महासंघ र केबल टेलिभिजन महसंघले उपप्रधान तथा जलस्रोत, सिँचाइ उर्जामन्त्री राजेन्द्र लिङ्देनलाई ज्ञापन पत्र बुझाउँदै आन्दोलन थालेका हुन्।
यसबारे अविलम्ब उचित निर्णय नगरे सबै केबल टिभी व्यवसाय नै बन्द हुन जाने अवस्था आएको व्यवसायीको गुनासो छ। विद्युत् प्राधिकरणले उसको पोलमा केबल तार प्रयोग गरेबापत बढी भाडा असुलेको केबल टेलिभिजन सञ्चालकको गुनासो छ।
शुल्क नबुझाउनेको तार हटाउने भन्दै विद्युत् प्राधिकरणले पटक पटक चेतावनी दिँदै आएको छ।
व्यवसायीले भने नेपालको बजार, नेपाल सरकारको डिजिटलसम्बन्धी नीतिलगायतको गम्भीर अध्ययन नगरी नेपाल विद्युत् प्राधिकरणले अस्वाभाविक रूपमा पोलको भाडा बढाएको ठहर गर्दै बढेको भाडा फिर्ता लिन माग गर्दै उर्जामन्त्री लिङ्देनलाई ज्ञापन पत्र बुझाएको छ।
ज्ञापनपत्रमा भनिएको छ ‘‘समस्याको तत्काल समाधान गरी गराई नेपाल राज्यले अति आवश्यकिय सेवाको रूपमा अङ्गीकार गरेको केबल टेलिभिजन सेवा नियमित रूपमा प्रवाह गर्ने वातावरण सिर्जना गर्न अपिल गर्दछौँ।
अन्यथा नेपालभरका सम्पूर्ण टेलिभिजन व्यवसायीहरूले सरकार समक्ष आफ्नो व्यवसायको तालाचाबी बुझाउन बाध्य हुने जानकारी समेत यसै ज्ञापनपत्रमार्फत जानकारी गराइन्छ।’’
Facebook Comment
Comment