काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोटको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार आइसीसीले युएईमा आयोजना हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको जनाएको छ ।
नेपालले २४ फेब्रुअरीमा हुने आफ्नो पहिलो खेलमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ। २५ तारिखमा नेपाल र कुवेत आमने सामने हुनेछन् ।
तेस्रो खेलमा भने नेपाल र हङकङ २७ तारिखमा खेल्नेछ। २८ तारिखमा हुने चौथो खेलमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल र यूएई भने २ मार्चमा खेल्नेछ। सबै खेलहरु नेपाली समयअनुसार बिहान १०ः४५ मा हुनेछ । यस प्रतियोगिताको शीर्ष टोलीले २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।
नेपालले आइतबार प्रतियोगिताका लागि १४ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।
नेपाली टोली –
अर्जुन कुमाल, दिपक बोहरा, दिपक बोहरा, उत्तम थापा मगर, आकाश त्रिपाठी, दिपक डुम्रे, दिपेश कँडेल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल
वैकल्पिक – निर्मल थापा, राजेश यादव, प्रज्वल थापा, तुल बहादुर थापा

Facebook Comment
Comment