लागुऔषध र तस्करी बढेपछि गौरीफन्टामा कडा चेकजाँच

नेपालभ्युज

लागुऔषध र तस्करी बढेपछि गौरीफन्टामा कडा चेकजाँच

धनगढी। सुदूरपश्चिम प्रदेशको प्रमुख नाकाका रूपमा रहेको कैलालीको गौरीफन्टा नाकामा तालिम प्राप्त दुईटा कुकुरसहितको प्रहरी टोली खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको नेतृत्वमा तालिम प्राप्त कुकुरसहित सीमानाकामा तैनाथ गरिएको छ।

प्रहरीले आकस्मिक रूपमा जुसुकै समयमा तस्करी हुनसक्ने सम्भावित क्षेत्रमा खटिएर सर्च र खोचतलास गर्ने गरेको छ ।

नियमित तर आकस्मिकरूपमा आज (सोमबार) गौरीफन्टा नाकामा तालिमप्राप्त कुकुरसहित नाकाबाट आउने सवारी सधानमा चेकजाँच भइरहेको कैलालीका प्रहरी प्रमुख देवेन्द्रबहादुर पालले बताए ।

जिल्लामा लागु औषधका घटना र सिमानामा चोरी तस्किरी बढी रहेका वेला नतिजा देखाउने हिसवाले काम हुने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved