धेरै खुशी हुनु पनि मुटुका लागि हानिकारक !

नेपालभ्युज

धेरै खुशी हुनु पनि मुटुका लागि हानिकारक !

एजेन्सी । धेरै खुशी हुनु पनि मुटुको लागि खतरापूर्ण हुने एक अध्ययनमा संलग्न स्वास्थ्य विज्ञले निष्कर्ष निकालेका छन् ।

सरप्राइज, जन्मदिन, पार्टी, परिवारमा नयाँ बच्चाको जन्म, काममा प्रमोसन जस्ता समयमा बढी खुशी हुँदा मुटुसम्बन्धी समस्या देखिन सक्ने ति विज्ञले चेतावनी दिएका छन् ।

यो समस्यालाई ‘ह्याप्पी हार्ट सिन्ड्रोम’ को संज्ञा दिइएको छ । परिवारको सदस्य गुमाउनु जस्ता दुखद पलले शरीरमा ‘ब्रोकन हार्ट सिन्ड्रोम’ निम्त्याउँछ जसले हार्ट अट्याक समेत हुन सक्छ ।

‘ब्रोकन हार्ट सिन्ड्रोम’ जस्तै गरी ‘ह्याप्पी हार्ट सिन्ड्रोम’ पनि घातक हुन सक्ने विज्ञले बताएका छन् ।

स्वीट्जरल्याण्डको युनिभर्सिटी अस्पताल जुरीचका डा. जेलेना घाड्री र सहकर्मीले यसबारेमा अध्ययन गरेका थिए । जसमा धेरै जसो मुटुका केस, डर, तनाव, रिस लगायतका कारण उत्पन्न भएको पाइयो ।

तर अचम्मको कुरा २० प्रतिशत मुटुका समस्या बर्थडे पार्टी, विवाह, बच्चाको जन्म दिन जस्ता पलमा अत्यधिक खुशी भएका कारणले हुने गरेको देखियो ।

डा.जेलेना भन्छन्, ‘मुटुको अवस्था परिक्षण गर्दा अबदेखि यो समस्या खुशीको कारणले पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर गर्नु जरुरी देखिन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved