मधेसलाई हराउँदै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा

पहिलो विकेटको लागि कविता कुँवर र कप्तान विन्दु रावलले ९४ बलमा १२८ रनको कीर्तिमानी साझेदारी गरे।

नेपालभ्युज

मधेसलाई हराउँदै सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा

काठमाडौं। सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेटको फाइनलमा पुगेको छ । इटहरीको जनता क्रिकेट पार्कमा शुक्रबार मधेस प्रदेशलाई ११४ रनले हराउँदै सुदूरपश्चिम अन्तिम २ मा पुगेको हो ।

१८१ रनको लक्ष्य पछ्याएको मधेसले पुरै ओभर खेलेर ८ विकेट  क्षतिमा मात्र ६६ रन बनायो। प्रतिमा शाहले १९ र सिमा कुँवरले १६ रन जोडिन्। सुदूरपश्चिमका मनिशा चौधरी र ऋतु कनौजियाले २–२ तथा कविता कुँवर र स्नेहा महराले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पुरै ओभर खेलेर २ विकेट क्षतिमा १८० रन बनाएको थियो । पहिलो विकेटको लागि कविता कुँवर र कप्तान विन्दु रावलले ९४ बलमा १२८ रनको कीर्तिमानी साझेदारी गरे। कविताले ५४ बलमा १२ चौका र १ छक्का प्रहार गर्दै ७० रनको योगदान गरिन्।

विन्दु रावलले ५२ बलमा अविजित ६० रन जोडिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved