राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य

नेपालभ्युज

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य गरेकी छिन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा २० बमोजिम मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको सिफारिस अनुसार शुक्रबार चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

यही कात्तिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक र गत असोज २५ गते बसेको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । शुक्रबार रातिबाट दुवै सदन अन्त्य भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved