काठमाडौं। बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । इटहरीको जनता क्रिकेट पार्कमा बुधबार भएको खेलमा बागमतीले गण्डकीलाई ३७ रनले पराजित गरेको हो।
जितसँगै २ अङ्क जोडे पनि बागमती सान्त्वना जित तथा गण्डकी अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि नै समूह ‘ए’ को शीर्ष स्थानमा भएको सुदूरपश्चिम विजेता तथा उपविजेता एपीएफ सेमिफाइनल पुगिसकेको छ।
१३६ रनको लक्ष्य पछ्याएको बागमतीले पूरै ओभर खेल्दा ५ विकेटको क्षतिमा ९८ रन बनायो। गण्डकीको लागि सिमाना केसीले अविजित ३६ र कप्तान सृष्टि जैसीले ३४ रन जोडे। बागमतीको लागि अस्मिना कर्मचार्यले ३ तथा बिपिशा शाही र साविका यादवले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेल्दा ५ विकेट गुमाएर १३५ रन बनायो। बागमतीको लागि कञ्चन श्रेष्ठले ५६ र अस्मिना कर्माचार्यले अविजित १८ रन जोडिन्। कञ्चनले ४७ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरिन्। गण्डकीको लागि कुसुम गोदार, सृष्टि जैसी, निरुता जीटी र सिमाना केसीले १–१ विकेट लिए।
Facebook Comment
Comment