सन्दीपलाई फेरि पक्राउ गरेर थुनामा राख्न माग गर्दै सर्वोच्चमा मुद्दाको तयारी

धरौटीमा छुटेका सन्दीपलाई फेरि पक्राउ गरी जेलमै राख्न माग गर्दै उच्च सरकारी वकिलको कार्यालय पाटनले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न लागेको हो। सन्दीपको आदेशमा भने प्राप्त प्रमाण हेर्दा थुनामा राख्नैपर्ने अवस्था देखिएको उच्च सरकारी वकिल कार्यालयको दाबी छ।

नेपालभ्युज

सन्दीपलाई फेरि पक्राउ गरेर थुनामा राख्न माग गर्दै सर्वोच्चमा मुद्दाको तयारी

काठमाडौं। बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालय, सर्वोच्च अदालत जाने तयारी गरेको छ।

धरौटीमा छुटेका सन्दीपलाई फेरि पक्राउ गरी जेलमै राख्न माग गर्दै उच्च सरकारी वकिलको कार्यालय पाटनले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न लागेको हो।

नाबालिगमाथि बलात्कारको अभियोग लागेका सन्दीपले आफू थुनाबाहिर बसेर मुद्दा लड्न पाऊँ भन्दै निवेदन दिएका थिए। उच्च अदालतका पाटनका न्यायाधीश धुवराज नन्द र रमेश ढकालको इजलासले गत बिहीबार धरौटीमा छोड्ने आदेश गरेको थियो।

उक्त आदेशले थुनामा राख्नैपर्ने पर्याप्त आधार नभएको बताएको थियो। उक्त आदेश कानुन र यसअघि भएका व्याख्यासँग बाझिएको भन्दै सर्वोच्च जाने तयारी गरेको पाटन उच्च सरकारी वकिल कार्यालयका एक अधिकारीले बताए।

‘‘बलात्कार आरोपीलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्चमा निवेदन हाल्ने निर्णय नजिक पुगेका छौँ। सर्वोच्च अदालतमा पठाउने निवेदनको ड्राफ्ट भइरहेको छ’’ ती अधिकारीले भने।

सामान्यतया गम्भीर प्रकृतिका अपराधमा पनि थुनामा राखेरै मुद्दाको पुर्पक्ष गर्ने गर्छ। तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा तत्काल प्राप्त प्रमाणले कसुर भएको देखियो भने अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने कानुन छ।

तीन वर्षभन्दा कम सजाय पाउने कसुरमा आरोप लागेकालाई कसुरको प्रकृति हेरेर धरौटीमा छाड्ने गरिएको छ। सन्दीपको आदेशमा भने प्राप्त प्रमाण हेर्दा थुनामा राख्नैपर्ने अनिवार्य अवस्था देखिएको उच्च सरकारी वकिल कार्यालयको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved