‘के लत बस्यो मलाई कहिले सुधार हुन्छ’ को चर्चा चुलिँदै

डा. प्रदीपकुमार मैनालीको रचना र तिलक सिंह पेलाको स्वर तथा सङ्गीतमा रहेको यो गजल यतिबेला चर्चामा छ। सामाजिक संञ्जलमा धेरैले आफूलाई मन परेको प्रतिक्रिया दिइरहेका छन्।

नेपालभ्युज

‘के लत बस्यो मलाई कहिले सुधार हुन्छ’ को चर्चा चुलिँदै

के लत बस्यो मलाई कहिले सुधार हुन्छ
एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ

डा. प्रदीपकुमार मैनालीको रचना र तिलक सिंह पेलाको स्वर तथा सङ्गीतमा रहेको यो गजल यतिबेला चर्चामा छ। सामाजिक संञ्जलमा धेरैले आफूलाई मन परेको प्रतिक्रिया दिइरहेका छन्।

टिकटकमा धेरैले भिडिओ बनाएका छन्।
पछिल्लो समय भाइरल गीतको होड चलिरँदा यो गीतलाई धेरैले मौलिक भन्दै रुचाएका छन्। सरस शब्दावली र शेर बुनिएको यो गजल चार दिनअघि मात्र युट्युबमा रिलिज भएको हो।

रेकर्डिङदेखि भिडियो निर्माणसम्म ५० हजार रुपैयाँ खर्चमा बनेको यो गीतको स्वर पनि निकै सुमधुर सुनिन्छ।

काठमाडौँको सानो भर्‍याङस्थित श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशालामा संगीतका शिक्षक समेत रहेका तिलक सिंह पेलाको स्वरले प्रशंसा कमाइरहेको छ। गीतका एरेन्जर तथा रेकर्डिस्ट रिदम कँडेलले यो गीतको लोकप्रियता अनपेक्षित रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved