राष्ट्रिय फुटबल खेलाडी गौतम, तेज र दिनेश विदेश पलायन

नेपालभ्युज

राष्ट्रिय फुटबल खेलाडी गौतम, तेज र दिनेश विदेश पलायन

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका ३ खेलाडी विदेश पलायन भएका छन्।

राष्ट्रिय टोलीको सुरुवाती ११ मा खेल्दै गरेका गौतम श्रेष्ठ, तेज तामाङ र दिनेश राजवंशी अस्ट्रेलिया गएका छन्।

सोमबार राति मिडफिल्डर तेज तथा डिफेन्डरद्वय दिनेश र गौतम अस्ट्रेलिया उडेका हुन्। ‘ए’ डिभिजन लिग समयमा नभएपछि राष्ट्रिय खेलाडी विदेसिने संख्या बढ्दै गएको ।

नेपाली राष्ट्रिय टोलीका आशिष लामा, सन्तोष तामाङ, शिव गुरुङ, दर्शन गुरुङ, आकाश बुढा मगर, अमिर श्रेष्ठ आदि खेलाडी पनि अस्ट्रेलिया उडिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved