प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको दोस्रो जित

नेपालभ्युज

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको दोस्रो जित

काठमाडौं। सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। इटहरीको जनता क्रिकेट पार्कमा सोमबार भएको खेलमा सुदूरपश्चिमले गण्डकीलाई ९ विकेटले पराजित गरेको हो। गण्डकीको लागि निरुता जीटीले १ विकेट लिइन्।

६१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। सुदूरपश्चिमको लागि विन्दु रावलले अविजित ४६ र शोभा रोकायाले ८ रन जोडे।

पहिले ब्याटिङ गरेको गण्डकीले पूरै ओभर खेल्दा ९ विकेटको क्षतिमा ६० रन बनायो। गण्डकीको लागि सीमाना केसीले १३ रन जोडिन। ७ खेलाडीले दोहोरो अंक जोड्न नसक्दा १ खेलाडी शून्यमा आउट भईन्। गण्डकीको लागि मनिषा चौधरीले ४ तथा स्नेहा महरा र इश्वरी विष्टले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved