चर्चित निर्देशकद्वय जेम्स क्यामरुन र एसएस राजामौलीबीच भेट, दुवैले गरे एक-अर्काको फिल्मबारे चर्चा

नेपालभ्युज

चर्चित निर्देशकद्वय जेम्स क्यामरुन र एसएस राजामौलीबीच भेट, दुवैले गरे एक-अर्काको फिल्मबारे चर्चा

काठमाडौं। भारतीय फिल्म निर्माता एसएस राजामौली र हलिउड निर्देशक जेम्स क्यामरुनबीच सोमबार बिहान क्रिटिक्स च्वाइस अवार्ड समारोहमा भेट भएको छ । राजामौलीले निर्देशक क्यामरुनलाई महान् भन्दै उनीसँगको तस्वीर इन्स्टाग्राममा सेयर गरेका छन् ।

क्यामरुनले आफ्नो फिल्म ‘आरआरआर’ दुईपटक हेरेको र श्रीमतीलाई एकपटक हेर्न सिफारिस गरेको बताएको राजामौलीले उल्लेख गरेका छन् । ‘अवतार’ निर्देशकले आफ्नो फिल्मको विश्लेषण गर्न १० मिनेट बिताएको कुरासमेत राजामौलीले उल्लेख गरेका छन् ।

राजामौली निर्देशित ‘आरआरआर’ले लस एन्जलसमा भएको क्रिटिक्स च्वाइस अवार्डमा उत्कृष्ट विदेशी फिल्म र मौलिक गीत विधामा अवार्ड जितेको छ । राजामौली लेख्छन्, ‘महान् जेम्स क्यामरुनले आरआरआर हेर्नुभयो । उहाँलाई यो यति मन पर्‍यो कि उहाँले श्रीमती सुजीलाई सिफारिस गर्नुभयो र उहाँसँग पुनः हेर्नुभयो । सर म अझै पत्याउन सक्दिन कि तपाईंले हाम्रो फिल्मको विश्लेषण गर्न हामीसँग १० मिनेट बिताउनुभयो । तपाईंले भन्नुभएझैं म संसारको सर्वोच्च स्थानमा छु, धन्यवाद दुवैलाई ।’

‘अवतार’ र ‘टाइटानिक’ निर्देशक जेम्स क्यामरुन र राजामौलीको उक्त भेटलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् । गोल्डेन ग्लोब्स अवार्डको बेला राजामौलीले अर्का हलिउड निर्देशक स्टिभन स्पिलवर्गलाई भेट्दै भगवानसँग भेटेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved