सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । बैठक स्थगित भएपछि सभामुखको चुनाव पनि माघ ३ गते मंगलबार बिहान १० बजे हुने भएको छ ।

आज सोमबार राष्टिय शोक परेकोले प्रदेश सभा बैठक नबसेको हो । प्रदेश सभामा रहेका दलहरूबीच बैठक स्थगित सहमति भएको हो । राष्टिय झण्डा झुकाउने भनेको बेला बैठक बस्नु हुन्न भन्ने सहमति भएको माओवादीका प्रदेश सभा सदस्य ओमविक्रम भाटले बताए ।

प्रदेश सभाका अर्का सदस्य नरेशकुमार शाहीका अनुसार माघ ३ गते मंगलबार बिहान १० बजे बैठक बस्ने गरेर बैठक स्थगित भएको हो ।

लगातार दुईपटक सभामुख छानिन नसकेपछि आज (सोमबार) तेस्रोपटक सभामुख छान्नका लागि प्रदेश सभाको बैठक बोलाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved