एनआइसी एशिया बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

नेपालभ्युज

एनआइसी एशिया बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं। एनआइसी एशिया बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा आज मिति २०७९/०९\२९ गते शुक्रबारका दिन काठमाडौंको तिलगंगास्थित होटल आनन्द प्रा.लि. (आरोग्य हल) मा सम्पन्न भएको छ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८\७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्ध पत्र र नियमावलीमा संशोधन÷थप गर्ने प्रस्ताव पारित गरेको छ।

सो सभाले मिति २०७९\०७\०२ मा सम्पन्न सञ्चालक समितिको ५७१ औँ बैठकको निर्णयअनुसार सर्वसाधारण शेयर धनी समूहको तर्पmबाट सञ्चालकमा वसौटी–६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर–३१, काठमाडौं निवासी श्री केशवप्रसाद लम्सालज्यूलाई नियुक्त गरेको निर्णयलाई अनुमोदन समेत गरेको छ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैँकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैङ्कले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बै‌किङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

देशको कुल जनसङ्ख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैङ्कले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved