‘सयदिन’को बन्दी जीवनबाट मुक्त हुँदै सन्दीप, राष्ट्रिय टिममा पुनर्बहाली होलान् ?

नेपालले आगामी दिनमा आइसिसी पुरुष क्रिकेट विश्वकप डिभिजन– २ मा प्रतिस्पर्धा गर्दै छ। जहाँ नेपालले १२ खेल खेल्न बाँकी छ। बाँकी खेलमा क्यानले सन्दीपलाई खेलाउनुपर्ने कतिपयको धारणा छ।

नेपालभ्युज

‘सयदिन’को बन्दी जीवनबाट मुक्त हुँदै सन्दीप, राष्ट्रिय टिममा पुनर्बहाली होलान् ?

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको रिहाइ प्रक्रिया सुरूसँगै उनको खेल करियरको विषयमा चासो बढेको छ। पक्राउ परेको ठिक १ सय दिनपछि रिहाइ हुन लागेका उनको आउँदो खेल यात्रा बारे चर्चा सुरु भएको हो।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनले त्यसयता राम्रोसँग अभ्यास गर्न पाएका छैनन्। जेलकै अभ्यास गर्दैगरेको समाचार आए पनि त्यहाँ उनले आफूलाई फिट राख्न सकेका छन् या छैनन् खुलेको छैन।

नेपालले आगामी दिनमा आइसिसी पुरुष क्रिकेट विश्वकप डिभिजन– २ मा प्रतिस्पर्धा गर्दै छ। जहाँ नेपालले १२ खेल खेल्न बाँकी छ। बाँकी खेलमा क्यानले सन्दीपलाई खेलाउनुपर्ने कतिपयको धारणा छ।

राष्ट्रिय क्रिकेट टोलीको क्याप्टेन रहेका उनीविरुद्ध नाबालिका बलात्कार मुद्दासँगै निलम्बन गरिएको थियो। सन्दीपलाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर भएसँगै पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा छाड्न आदेश दिएको छ।

सन्दीपका वकिल सरोजकुमार घिमिरेले क्याप्टेनमा पुनर्बहाली गर्न क्रिकेट एशोसिएशन अफ नेपाल (क्यान) लाई सुझाव दिएका छन्। खेलको विषयलाई लिएर उच्च अदालतको आदेशमा केही नभने पनि थुनामुक्त भएकाले उनलाई पुनर्बहाली गर्नुपर्ने घिमिरेको धारणा छ।

उनले भने ‘‘थुना बाहिर भएकाले क्यानले क्याप्टेनसिप फिर्ता दिनुपर्ने हुन्छ। क्रिकेट कुन अवस्थाबाट गुज्रिएको छ। सिरियसली नै क्यानले क्रिकेटलाई महत्त्वपूर्ण लिन्छ भने उनलाई क्याप्टेनको रूपमा लिनुपर्छ। दोषी त करार भइसकेको छैन।’’

नेपालले आगामी दिनमा आइसिसी पुरुष क्रिकेट विश्वकप डिभिजन– २ मा प्रतिस्पर्धा गर्दै छ। नेपालले १२ खेल खेल्न बाँकी छ। बाँकी खेलमा क्यानले सन्दीपलाई खेलाउन सक्नेछ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीपलाई पुनः टोलीमा सहभागी गराउने बारेमा छलफल थालेको छ। आरोप लागेसँगै क्यानले सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरिएको थियो। सन्दीप थुनामुक्त भएपछि उनलाई खेल खेलाउन क्यान सकारात्मक रहेको बुझिएको छ।

सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमा आवश्यक भएको र उनी शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए टोलीमा राख्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्द बताउँछन्।

चन्द भन्छन् ‘‘सन्दीपसँग छलफल गर्छौँ। उनको फिटनेस अवस्था हेर्छौँ। यदि फिट भए राष्ट्रिय टोलीमा राख्छौँ, अवस्थाअनुसार प्रशिक्षणमा बोलाउँछौँ । उनी नेपालको मात्रै होइन, एसोसिएट राष्ट्रको गहना हुन् । सन्दीपलाई मैदानबाट बाहिर राख्न हुन्न भन्ने हाम्रो आशय हो।’’

५ भदौमा तिलगंगास्थित एक होटेलमा नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध २१ भदौमा जाहेरी परेको थियो। त्यसवेला उनी नेपाली टोलीसँगै केन्या भ्रमण थिए ।

केन्या भ्रमण बीचमै छाड्दै सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जमैका पुगेका थिए । क्यारेबियन लिग छाडेर लामिछाने आफूमाथि लागेको आरोपमाथि अनुसन्धान सहज बनाउन स्वदेश फर्किए।

स्वदेश फर्कँदा उनी २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। कात्तिक १८ मा उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा पठाएको थियो। पक्राउ परेको १ सय दिनपछि उनी शुक्रबार उनी छुट्न लागेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved