सन्दीप लामिछानेले तिरे धरौटी रकम, तीन बजे सम्ममा छुट्दै

किशोरी बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज तीन बजेसम्ममा रिहा हुने भएका छन्।

नेपालभ्युज

सन्दीप लामिछानेले तिरे धरौटी रकम, तीन बजे सम्ममा छुट्दै

काठमाडौं। किशोरी बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज तीन बजेसम्ममा रिहा हुने भएका छन्।

पाटन उच्च अदालतको फैसला अनुसार २० लाख रुपैयाँ उनको परिवारले बुझाइसकेको छ।

अहिले रिहाइको प्रक्रिया भइरहेको उनको कानुन व्यवसायीले बताएका छन्। उच्च अदालतबाट धरौटी बुझाएर तारिख लिएर उनी आज रिहा हुन लागेका कानुन व्यवसायीले बताए। सन्दीप केन्द्रीय कारागार छन्। प्रक्रिया पुर्‍याएर सन्दीपको रिहाइ गरिने केन्द्रीय कारागार प्रशासनले जनाएको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका हो। सन्दीपलाई विदेश जान भने रोक लगाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved