प्रधानमन्त्री कप क्रिकेट : पहिलो खेलमा प्रदेश एक विजयी

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेट : पहिलो खेलमा प्रदेश एक विजयी

काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२०  क्रिकेटको पहिलो खेलमा प्रदेश एक विजयी भएको छ ।

इटहरीस्थित जनता क्रिकेट पार्कमा शुक्रबार बिहान भएको उद्घाटन खेलमा प्रदेश एकले मधेस प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।

मधेशले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश एकले ११.१ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो। काजल श्रेष्ठले २४ र कप्तान रुबिना क्षेत्रीले अविजित २० रन जोडे।

पहिले ब्याटिङ गरेको मधेस १९.२ ओभरमा ४९ रनमा अलआउट भएको थियो।  प्रदेश एक सबनम राईले ४, रुबिना क्षेत्री र निशा राईले २–२ तथा ज्योति दनुवार, तथा अलिशा खडियाले १–१ विकेट लिए।

अर्को खेलमा सुदूरपश्चिम र बागमतीबीच प्रतिस्पर्धा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved