विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेका छन् ।
विश्वासको मत लिनुअघि मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेका बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीका ज्वाइँ समेत रहेका आचार्य मोरङबाट निर्वाचित भएका हुन् । चापागाईं तेह्रथुमबाट र राजभण्डारी सोलुखुम्बुबाट प्रदेश सभा सदस्य बनेका थिए ।
नयाँ मन्त्रीले शुक्रबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन् । प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।
९३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसदको समर्थन छ ।
Facebook Comment
Comment