श्रीलंकासँगको पहिलो एकदिवसीय क्रिकेट भारतले जित्यो, कोहली र शनाकाको शतक

नेपालभ्युज

श्रीलंकासँगको पहिलो एकदिवसीय क्रिकेट भारतले जित्यो, कोहली र शनाकाको शतक

काठमाडौं। श्रीलंकासँगको पहिलो एकदिवसीय क्रिकेट घरेलु टोली भारतले जितेको छ । गुवाहाटीमा भएको खेलमा भारतले श्रीलंकालाई ६७ रनले पराजित गरेको हो ।भारतले दिएको ३ सय ७४ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले ५० ओभरमा ८ विकेट गुमाएर मात्र ३ सय ६ रन बनायो ।

श्रीलंकाका कप्तान दासुन शनकाले ८८ बलमा नटआउट १ सय ८ रनको रन बनाए । शनकाले १२ चौका र ३ छक्का प्रहार गरे ।  ओपनर पथुम निशंकाले ८० बलमा ७२ रन बनाए । भारतका उमरान मल्लिकले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए । हार्दिक पाण्ड्या,मोहम्मद सामी र युजभेन्द्र चहलले समान एक एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ७३ रन बनाएको थियो ।  घरेलु टोलीका लागि विराट कोहलीले ८७ बलमा १ सय १३ रन बनाए  । कप्तान रोहित शर्माले ६७ बलमा ८३ रन र शुभमन गिलले ६० बलमा ११ चौकाको सहयोगमा ७० रन बनाए । यी दुई देशबीच ३ खेलको शृङ्खला भइरहेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved