अब हरेक वर्षको माघ १ गते यलम्बर दिवश मनाइने

नेपालभ्युज

अब हरेक वर्षको माघ १ गते यलम्बर दिवश मनाइने

काठमाडौं । यलम्बर दिवश मनाइने भएको छ । अब हरेक वर्षको माघ १ गते यलम्बर दिवश मनाइने भएको हो ।

पूर्वमन्त्री गोपाल किरातीकाअनुसार यलम्बर दिवशसँगै किरात देश जागरण कार्यक्रम पनि हुनेछ । ‘पहिचानसहितको प्रदेश नामाकरणका लागि पहिचानवादी राई, लिम्बूहरू र प्रगतिशीलहरूले विराटनगरमा भीषण जनप्रदर्शन गरे,’ राईले नेपालभ्यूजसँग भने, ‘त्यसलाई राज्य पक्षले सुनेन । अब त्यसको प्रतिवादमा देश जागरण भन्नुपर्ने अवस्था सिर्जना भयो ।’

आउँदो माघ १ गते ‘यलम्बर दिवश तथा किरात देश जागरण’ कार्यक्रम मनाउने र दिवशबारे थप छलफल गरेर एउटा निष्कर्षमा पुग्ने बताइएको छ । माघ १ गते मनाउन लागिएको पहिलो यलम्बर दिवश हो ।

कार्यक्रम कोटेश्वर बालकुमारीस्थित सुनुवार सेवा समाजको कार्यालयमा बिहान ९ बजे सुरू भएर ११ बजे समापन हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved