काठमाडाैं । दुई नेपाली युवाहरूले स्थापना गरेको स्टार्टअप टिसा नेपालले छाउनीमा बुटिक शोरुम संचालन गर्दै आफ्नो औपचारिक कारोबार सुरु गरेको घोषणा गरेको छ। इन्स्टाग्राममार्फत गरगहनाहरूको बिक्री गर्ने स्टार्टअप टिसा नेपालले आफ्नो बुटिक शोरुम स्थापना गर्दै औपचारिक कारोबार सुरु गरेको घोषणा गरेको हो ।
नेवारी भाषाको शब्द टिसा अर्थात गहनालाई प्रयोग गरेर बिगत १ वर्षदेखि अनलाइनमार्फत गरगहना बिक्री गर्दै आएको टिसा नेपालले हरेक नेपालीसम्म आफ्ना उत्पादन पुर्याउने लक्ष्य लिएको छ।
सहसंस्थापकहरु अनिश मानन्धर र वर्षा मानन्धरले नेपाली ग्राहकहरुलाई सस्तो मूल्यमा आधुनिक र गुणस्तरीय गहनाहरु उपलब्ध गराउने उद्देश्यले संयुक्तरुपमा टिसा नेपाल स्थापना गरिएको जानकारी दिए।
टिसा नेपालले काठमाडौंभित्र अर्डर आएको एक दिनमा नै आफ्ना उत्पादनहरू ग्राहकहरू समक्ष पुर्याइरहेको छ भने उपत्यका भन्दा बाहिर अवस्था र समय हेरेर ग्राहकहरुको माग पुरा गर्दै आएको छ।
ग्राहकहरूलाई आधुनिक गहनाहरूको भेराईटी दिनका लागि कम्पनीले न्यूनतम् ४५० रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका गहनाहरू उपलब्ध गराउँदै आएको छ। महँगा सुनका गहना किन्न नसक्ने तर आधुनिक गहना मनपराउने युवा जमातलाई ध्यानमा राखेर टिसा नेपालले आफ्नो व्यवसाय संचालन गरिरहेको जनाएको छ ।
Facebook Comment
Comment