ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्यधिक नाफा कमाए भन्नु भ्रम हो : अध्यक्ष गोल्यान

नेपालभ्युज

ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्यधिक नाफा कमाए भन्नु भ्रम हो : अध्यक्ष गोल्यान

काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्यधिक नाफा कमाए भन्नु भ्रम मात्रै भएको बताएका छन् ।

आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले बैंक तथा वित्तीय संस्थाले समाजको उन्नति र देशको आर्थिक विकासमा योगदान गर्दै आएको भए पनि बैंकहरूले ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्यधिक नाफा मात्रै कमाए भनेर भन्नु भ्रम मात्रै भएको बताएका हुन् ।

उनले बैंकहरूले देशको विकास र समृद्धिका लागि गरेको ठूलो योगदानलाई भुलेर छरिएको भ्रममा ऋणी र सर्वसाधारण परेको बताउँदै बैंकहरूले देशको विकास र समृद्धिका लागि गरेको ठूलो योगदानको कतैबाट पनि उचित मूल्यांकन हुन नसकेको गुनासो गरे । अध्यक्ष गोल्यानले बैंकहरूले अधिकांश सेवा सुविधालाई निःशुल्क प्रदान गर्ने नियमनकारी निकायहरूको निर्देशन रहँदै आएको बताए ।

उनले भने,‘ बैंक तथा वित्तीय संस्थाले समाजको उन्नति र देशको आर्थिक विकासमा योगदान गर्दै आएको भए पनि ऋणीलाई चर्को ब्याजदर लगाएर अत्यधिक कमाएका छन् भन्ने भ्रम ऋणी र सर्वसाधारणलाई परेको छ । तर वास्तविकता त्यस्तो छैन । अधिकांश सेवा तथा सुविधालाई निःशुल्क प्रदान गर्ने नियमनकारी निकायको निर्देशन विद्यमान रहेको छ । कर्जा र ब्याजबीच अन्तर पनि घटाउँदै ४ प्रतिशतसम्ममा झार्ने निर्देशन जारी भइसकेको छ । जसले गर्दा बैंक तथा वित्तीय संस्थाको प्रतिफल दर घट्दै गइरहेको छ । अहिले मुद्दती निक्षेपमा रकम राख्दा पनि १२-१३ प्रतिशत वार्षिक ब्याजदर आउँछ र गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको प्रतिफल दर त्यसैको हाराहारीमा थियो ।
त्यसैले बढी कमाए भन्नुमा कुनै सत्यता छैन ।’

ऊर्जामा विद्युत् खरिद सम्झौता (पीपीए) खोल्ने र प्राइभेट कम्पनीबाट पावर ट्रेडिङ गर्ने व्यवस्था गर्नुपर्ने पनि बताउँदै उनले उद्योगको प्रतिस्पर्धी क्षमता बढाउन उत्पादनमूलक, पर्यटन, ऊर्जा, कृषि र पूर्वाधार विकासको क्षेत्रमा ४ प्रतिशत ब्याजदर कम गर्नुपर्ने सुझावसमेत दिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved