बिहीबार ५२७ संक्रमित थपिए, ६६४ जना निको

नेपालभ्युज

बिहीबार ५२७ संक्रमित थपिए, ६६४ जना निको

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा ५२७ जना कोरोना संक्रमित थपिएका छन्। ८ हजार ८४८ जनामा पीसीआर परीक्षण गर्दा ५२७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै, २५०७ जनामा एन्टिजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण देखिएको छ। थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ।

२४ घण्टामा ६६४ जना निको भएका छन्। हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरूको संख्या ७ लाख ८९ हजार ७८९ पुगेको छ। नियमित मिडिया ब्रिफिङमा मन्त्रालयले नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved