गुल्मी। गुल्मीको रेसुंगा नगरपालिका–१० सिमीचौरमा निर्माण गरिएको रेसुंगा विमानस्थलमा आइतबार नमुना (डेमो) उडान गरिने भएको छ। तारा एयरको ट्विनअटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न लागेको हो।
नगरपालिकाले डेमो उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच सम्झौता गरेको रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए।

आइतबार बिहान ११ बजे डेमा उडानको गरिन लागेको हो। तारा एयरको जहाज काठमाडौंबाट गुल्मी आइपुग्न ५० मिनेटको समय लाग्ने प्राधिकरणले जनाएको छ।
परीक्षण उडान अवलोकन गर्न प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्णराज विष्ट, एमाले उप–महासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्कीलगायत तारा एयर र प्राधिकरणका अधिकारी गुल्मी आउँदै छन्।
Facebook Comment
Comment