पश्चिम तराईको शितलहर पूर्वतर्फ सर्दै, जनजीवन कष्टकर

चिसोका कारण घर बाहिर निस्कनै समस्या भएको छ भने बजार पसल पनि बन्द छन् । पालिकाहरुले धेरैजसो विद्यालय पनि बन्द गरेका छन् ।

नेपालभ्युज

पश्चिम तराईको शितलहर पूर्वतर्फ सर्दै, जनजीवन कष्टकर

काठमाडौं । पश्चिमी तराईका जिल्लामा चलिरहेको शितलहर पूर्वतिर सर्दै गएको छ । धनगढी, नेपालगञ्ज, तौलिहवा लगायतका ठाउँमा अहिले शितलहर चलिरहेको छ । यो क्रम अब विस्तारै पूर्वतर्फ सर्ने मौमसविद्ले बताएका छन् ।

शीतलहर अझै एक/दुई दिन लम्बिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार नेपालगञ्ज, भैरहवा सिमरामा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियसभन्दा धेरैले घटेको छ ।

यी क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर ५ डिग्री सेल्सियसभन्दा कम छ । यस्तै, अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर धेरै फरक छैन ।

शीतलहर चलेका बेला बिहान, दिउँसो र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदो चिसो हुन्छ । बिहानदेखि बेलुकासम्म नै बाक्लो हुस्सु कुहिरोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

चिसोका कारण घर बाहिर निस्कनै समस्या भएको छ भने बजार पसल पनि बन्द छन् । पालिकाहरुले धेरैजसो विद्यालय पनि बन्द गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved