चिसोका कारण देशैभरको जनजीवन प्रभावित

नेपालभ्युज

चिसोका कारण देशैभरको जनजीवन प्रभावित

काठमाडौं। चिसोका कारण देशैभरको जनजीवन प्रभावित भएको छ । पहाडमा तुषारो र तराईमा बाक्लो हुस्सुले नागरिकलाई समस्या भएको छ ।

हिमाली क्षेत्रका पर्याप्त हिउँ नपरेपनि खोलानाला र झरना समेत जम्नेगरी चिसो बढेको हो ।

नेपालगञ्जदेखि पूर्व जनकपुरसम्मको क्षेत्रमा शीतलहर चलेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य क्षेत्रमा  भने शीतलहरको औपचारिक घोषणा गरिएको छैन ।

दिनमा पाँच पटकसम्म मापन गरेको मौसमका आधारमा शीतलहरको चले नचलेको घोषणा गर्ने गरिएको छ।

दुई घण्टाभन्दा बढी घाम  नलागे, बिहान बेलुका आकाशबाट शीत चुहिए, अधिकतम तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियसले घटे र न्यूनतम तथा अधिकतम तापक्रमबीचको अन्तर धेरैले घटेपछि शीतलहरको घोषणा गर्ने गरिएको मौसमविद् समिर श्रेष्ठले बताए ।  तराईका जिल्लामा भने दिउँसोसम्म नै हस्सु कुहिरो लाग्ने अनुमान छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved