बाल अस्पताल स्थापनाका लागि महानगर गर्‍यो चार करोड सहयोग

नेपालभ्युज

बाल अस्पताल स्थापनाका लागि महानगर गर्‍यो चार करोड सहयोग

काठमाडौं। काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्न काठमाडौं महानगरपालिकाले ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।

काठमाडौं धाउँदा बिरामीले भोग्नुपर्ने दुःख र परिवारले झेल्नु पर्ने आर्थिक बोझ कम गराउन काठमाडौं बाहिर विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले बुढानिलकण्ठमा निर्माण हुने अस्पताललाई सहयोग गरेको महानगरले जनाएको छ।

‘‘मुलुक संघीयतामा गैसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ। आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने वातावरण निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्छ,’’ सम्झौतापछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘‘संघीय राजधानी भएकोले हामीले आवश्यकता र मागका आधार प्रशस्तै लगानी गरेका छौँ। थप लगानीका लागि हामी तयार छौँ।’’

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाले नेपालको विद्यमान स्वास्थ्य सेवाले गरिरहेको योगदानलाई थप व्यवस्थित गरेर सबै प्रकारका बाल रोग उपचार व्यवस्थाको अभियानमा लागेको बताए। ‘‘बालरोगविज्ञहरुलाई एउटै छानामुनि राखेर काठमाडौंबाट सेवा दिने सामूहिक सपनालाई मूर्तरुप दिन हामीले यो अस्पताल निर्माणको अभियान अघि बढाएका हौँ, यो अभियान हरेक प्रदेशमा विस्तार हुनेछ,’’ उनले भने।

उनले काठमाडौंमा २ सय बेडको बाल अस्पताल निर्माण गरिने जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved