सुर्खेत। कालिकोटको नरहरिनाथ गाउँपालिका–८ लालु खिरचौकामा एक युवकको मृत्यु भएपछि उनका बालबच्चा र श्रीमती बेसहारा भएका छन् । यही पुस १२ गते जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ८ निवासी २५ वर्षीय राजेन्द्र विष्ट भीरबाट लडेर मृत्यु भएको हो ।
बेसाहाका लागि मकै खरिद गर्न जाँदा भीरबाट लडेर दुःखद् मृत्यु भएको स्थानीयले बताएका छन् । दुई छोरी र एक छोरालाई खानेकुरा ल्याएर आउँछु है भनेर घरबाट हिँडेका राजेन्द्र दुई दिनपछि काफलपाटाको भीरबाट लडेर मृत फेला परेका थिए ।
आर्थिक अवस्था निकै कमजोर भएका विष्टको मृत्यु भएपछि उनको सहरामा रहेका श्रीमती पिय्रंका विष्ट, ७ वर्षीया छोरा अशोक विष्ट ४ वर्षीया आस्तिका विष्ट र २ महिनाका विरसा बिष्ट बिचल्लीमा परेका छन् ।
आर्थिक अवस्था निकै कमजोर भएका कारणले स्थानीयले खाद्यान्न उठाएर सहयोग गर्ने गरेको अहिले बच्चाको पढाइ लेखाइमा समस्या भएको स्थानीय मिमबहादुर विष्टले बताए ।
‘बेसहारा बनेका ७ वर्षीय छोरा, चार र एक वर्षीया छोरीको लालनपालन मात्र होइन पढाइ लेखाइसमेत अन्योल बनेको छ ।’ उनले भने,‘स्थानीय सरकार र गैरसरकारी संस्थाको आवश्यक सहयोगको प्रतीक्षामा हिउँदको चिसो सहेर घर–परिवार बसिरहेका छन् ।’
Facebook Comment
Comment