नेपाल टी–२० लिग : काठमाडौं पोखरासँग पराजित

नेपालभ्युज

नेपाल टी–२० लिग : काठमाडौं पोखरासँग पराजित

काठमाडौं। नेपाल टी–२० लिग क्रिकेटमा पोखरा एभेन्जर्सले तेस्रो जित निकालेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा पोखराले काठमाडौं नाइट्सलाई ५ विकेटले पराजित गरेको हो। यो पोखराको लगातार तेस्रो जित हो।

१६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा ५ विकेट गुमाएर भेटायो। पोखराको लागि सुमित महर्जनले ५२ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ७६ र उपुल थरङ्गाले भने ५८ रन जोडे।

काठमाडौंको लागि कमल ऐरीले ३ तथा अनिल खरेल र अविनाश बोहोराले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको काठमाडौंले पूरै ओभर खेल्दा ४ विकेट गुमाएर १६४ रन बनायो। काठमाडौंको लागि एलेक्स ब्लेकले ६४ र सुनम गौतमले ४५ रन जोडे। पोखराको लागि तुल थापाले २ तथा प्रतिश जीसी र कुशल मल्लले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved